Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिफा महिला विश्वकप : ब्राजिलको जितमा एरीको ह्याट्रिक

मंगलबार, साउन ९, २०८०

काठमाडौं - एरी बोर्गेसले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा पानमामाथि सानदार जित निकालेको छ।

समूह ‘एच’ अन्तर्गत सोमबार साँझ भएको खेलमा ब्राजिलले पानमालाई ४–० गोलले हरायो। ब्राजिलको जितमा एरीले १९, ३९ र ७०औं मिनेटमा गोल गर्नुभयो । एरीको यो जारी विश्वकपकै पहिलो ह्याट्रिक हो। अर्को गोल बिआ जेनराटोले ४८औं मिनेटमा गर्नुभएको थियो ।

जितसँग ब्राजिलले तीन अङ्क बनाएको छ । पानमाले हारबाट विश्वकपको सुरुवात गरेको छ। यस समूहको पहिलो खेलमा फ्रान्स र जमैकाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्