Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेसको नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्छ : चन्द्र भण्डारी

मंगलबार, साउन ९, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताएका छन् ।

मङ्गलवार काठमाडौँमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा सदस्य भण्डारीले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतका नेताहरू सामूहिक रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको हो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्ने बताए ।

‘तपाईँहरू उपसभापति बन्नुभयो, महामन्त्री बन्नुभयो । अहिलेसम्म तपाईँहरू सँगै बसेर पार्टी सभापतिसँग यो गर्नुपर्छ भन्नुभएको छ कि छैन ? हामीले यो टिम बनाउँदा चाहे शेरबहादुरजी होस्, चाहे रामचन्द्रजी होस्, चाहे कृष्ण सिटौला होस्, चाहे शेखर कोइराला होस्, हामी सबै सँगै बसेर यो टिमले कति राम्रो काम गरेको थियो', उनले भने, 'आज भाषण गर्ने, बोल्ने, कुरा गर्ने तर सँगै बसेर संयुक्तरूपले झगडा नगर्दा यो भनाइ खाइरहनुपरेको छ । त्यस कारण म सुझाव दिन चाहन्छु तपाईँहरूले टिम बनाउनुस् । समयले तपाईँ युवाहरूको स्वागत गर्नका लागि पर्खिरहेको छ ।पार्टी सभापति शेरबहादुरजी ८० वर्ष पुग्न थाल्नुभएको छ । जोस–जाँगर भएका उपसभापति र महामन्त्री हुनुहुन्छ, अब उहाँहरूले नेतृत्व लिनुपर्‍यो । तपाईँहरू अबदेखि सँगै हिँड्नुस् । मिटिङ राख्नुस् । एजेन्डा तयार गर्नुस् । तबमात्रै काँग्रेस बन्छ । एक्लै कहीँ पुग्न सकिँदैन ।’

भण्डारीले उपसभापति र महामन्त्रीहरूका बीचमा बैठक राख्ने र एजेन्डा तय गरेर सँगै हिँड्न पनि आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्