Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिफा महिला विश्वकप : आज तीन खेल हुँदै

बुधबार, साउन १०, २०८०

काठमाडौं - फिफा महिला विश्वकप फुटबलमा आज पनि ३ खेल हुँदैछन्।

आज समूह सीमा रहेको जापान र कोस्टारिका, स्पेन र जाम्बिया तथा समूह बीमा रहेका क्यानडा र आयरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

जापान र कोस्टारिकाबीचको खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे हुनेछ । जापान लगातार दोस्रो जितका लागि राउन्ड अफ सिक्सटिन नजिक पुग्ने लक्ष्यमा रहँदा कोस्टारिका भने पहिलो जितको खोजिमा हुनेछ ।

कोस्टारिका आफ्नो पहिलो खेलमा स्पेनसँग पराजित भएको थियो । जापानले भने जाम्बियामाथि फराकिलो जित निकालेको थियो । यो समूहमा जापान शीर्ष र स्पेन दोस्रो स्थानमा छन् ।

यस्तै आज दिउँसो सवा १ बजे स्पेन र जाम्बिया आमने सामने हुनेछन् । आजको खेलमा स्पेन विजयी भए राउन्डअफ सिक्सटीनको यात्रा पक्का गर्ने छ । जाम्बिाय भने पहिलो जितको खोजिमा हुनेछ ।

यसैगरी आज साँझ पौने ६ बजे हुने खेलमा क्यानडा र आयरल्याण्ड भिड्ने छन् । यी दुई टिम समूह बीमा रहेका छन् । आयरल्याण्ड र क्यानडा दुवै टिम पहिलो जितेको खोजिमा हुने छन् । आयरल्याण्ड अस्ट्रेलियासँग पराजित हुँदा क्यानडाले नाइजेरियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्