Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुरक्षा निकाय र सरकारी अधिकारी विपद् व्यवस्थापनमा चनाखो हुनुपर्छ : खड्का

बुधबार, साउन १०, २०८०

काठमाडौं- कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीहरुइ विपद्को पूर्व आँकलन तथा व्यवस्थापनमा चनाखो हुन र एकिकृत रुपमा समन्वय गरी काम गर्न निर्देशन दिएका छन् ।

खड्काको अध्यक्षतामा उपप्रधानमन्त्री तथा गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति, रक्षा सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरु समेतको उपस्थितिमा आज रक्षा मन्त्रालयमा विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको थियो  । 

छलफलका क्रममा  कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री समक्ष सम्वन्धित अधिकारीहरुले देशका विभिन्न ठाँउमा गएको बाढी पहिरो, जनधनको क्षति  र राजमार्ग अवरुद्ध लगायतका विषयमा जानकारी गराए । 

छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णवहादुर खड्काले बाढी पहिरो लगायतका कारण जन धनको क्षति हुन नदिन तथा अवरुद्ध भएका राजमार्ग तत्काल सुचारु हुने व्यवस्था मिलाउनका साथै विपद् पूर्व सतर्कतालाइ समेत उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । साथै, उनले बाढी पहिरोबाट कोही नागरिक पीडित भइहाले तत्काल उद्दार तथा राहातलाइ उच्च प्राथमिकता दिन निर्देशन दिए  ।

पीडितलाइ राहत वितरणका सम्वन्धमा कुनै कानूनी वाधा अड्चन भएमा त्यसलाइ तत्काल फुकाएर काम गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिए ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्