संसदमा एमालेको नाराबाजी
काठमाडौँ- सुन तस्करीमा संलग्नहरूको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ ।
सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु बेल घेराउमा गएर नाराबाजी सुरु गरेका हुन् ।
एमालेको नाराबाजीपछि सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १७:०९
प्रतिक्रिया दिनुहोस्