Nic Ad Nic Ad
Nic Ad Nic Ad
कोशी प्रदेश सरकारको विवाद

कोशी सरकारविरुद्धको रिटमाथिको फैसला आज आउला ?

बुधबार, साउन १०, २०८०

काठमाडौँ - कोशी प्रदेशको सरकार गठनसम्बन्धी विवादको रिटको फैसला आज आउँने भएको छ 

रिटउपर सर्वोच्च अदालतको पूर्ण इजलासमा मंगलबारदेखि बहस भइरहेको छ । मंगलबार हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ बुधबार पनि हेर्दाहेर्दैमा राखेर आजलाई फैसला सारिएको हो । 

सम्भवतः पूर्णइजलासले बिहीबार फैसला सुनाउने छ । यस मुद्दामा न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासमा बहस भइरहेको छ ।

सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पठाएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्