नेभिगेशन
समाचार
कांग्रेस बैठक

मंसिरमा महासमिति बैठक गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

काठमाडौँ– नेपाली कांग्रेसले मंसिरमा महासमिति बैठक गर्ने निर्णय गरेको छ। 

सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिर ११, १२ र १३ गते महासमिति बैठक गर्ने निर्णय गरेको हो ।

बैठकमा नीति अधिवेशन गर्ने माग उठे पनि अन्तमा महासमिति बैठक निर्णय निर्णय कांग्रेसले गरेको हो । 

पार्टीको १४औं महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो । महामन्त्री विश्वप्रकाश शर्माले  नीति अधिवेशनको साटो महासमिति बैठक गर्नुपर्ने भन्दै नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मङ्सिर ११, १२ र १३ गते महासमिति बैठक गर्न सुझाव दिएका थिए ।  

त्यस्तै पार्टीको सांगठनिक सुदृढीकरण गर्न साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान र भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय बैठकले गरेको हो ।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्नका लागि पार्टी सदस्य वितरणमा पारदर्शिता हुनुपर्ने धारणा राखे । केन्द्रीय सदस्य चित्रालेखा यादवले महिला नेत्रीले पार्टीमा दिएको योगदानको चर्चा गर्दै दिवङ्गत भइसकेका महिला नेत्रीहरूको योगदानलाई पार्टीले सम्मान गर्नुपर्नेमा जोड दिइन् । 

पार्टी केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, रामहरि खतिवडा र अर्जुननरसिंह केसीले पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार