Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँका विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह

बिहीबार, साउन ११, २०८०

काठमाडौँ - काठमाडौँका विष्णुमती, इच्छुमती, धोबीखोलामा बाढीको जोखिम बढेको छ । राति काठमाडौँको बूढानीलकण्ठ आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ ।

बाढी सूचना महाशाखाले गोङ्गबु क्षेत्रमा जलसतह सतर्कता नजिक पुगेको र विष्णुमती, इच्छुमती, धोबीखोला तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । साथै पानी सडक किनार र बस्तीमा पस्ने जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

त्यस्तै, जितपुर आसपासका क्षेत्रमा पनि बाढीको जोखिम छ । आज देशका पहाडी केही ठाउँ तथा बाँकी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।


   
 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०६:४१
प्रतिक्रिया दिनुहोस्