महिला विश्वकप फुटबल : नेदरल्याण्डससँग बराबरीमा रोकियो अमेरिका
काठमाडौं - महिला विश्वकप फुटबल २०२३ को लिग चरणको सर्वाधिक बहुप्रतिक्षित खेलमा नेदरल्यान्ड्स डिफेन्डिङ च्याम्पियन अमेरिकाको हातबाट १–१ को रोमाञ्चक बराबरीमा रोकिएको छ।
सन् २०१९ को फाइनलको पुनरावृत्तिका रूपमा यो खेल भएको थियो।
त्यसमा अमेरिका २–० ले वियजी रहेको थियो । यसपल्टको प्रतियोगितामा भने दुवै एकै समूह ‘ई’ मा परेका थिए । यही खेलमा उप विजेता नेदरल्यान्ड्सले जिल रुर्डको गोलले १७ औं मिनेटमा अग्रता लिएको थियो ।
दोस्रो हाफको ६२ औं मिनेटमा अमेरिकी कप्तान लिन्ड्स होरानले पोस्टको नजिकको दूरीबाट गोल गरिन् र खेल बराबरीमा टुंगियो ।
यस नतिजापछि दुवै टिम समान दुई खेलबाट चार चार अंकमा रहे।
दुवै टिम आ–आफ्नो पहिलो खेलमा विजयी रहेका थिए। यस समूहमा पोर्चुगल र भियतनाम भने शून्य अंकमा छन् ।
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० १०:४५
प्रतिक्रिया दिनुहोस्