शरणार्थी प्रकरण : जिल्लाकाे आदेशविरुद्ध रायमाझी र खाणले उच्चमा दिए निवेदन
काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्पक्षमा थुनामा राख्ने गरि दिएको आदेशविरुद्ध पूर्व उपप्रधानमन्त्री टोपवहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाणले निवेदन दिएका छन् ।
उनीहरुले आज उच्च अदालत पाटनमा जिल्लाकाे आदेशविरुद्ध वेरितको आदेश बदरको ७३ नम्बरकाे निवेदन दर्ता गराएका हुन् ।
यो प्रकरणमा रायमाझी, खाणसहित १६ जनालाई पूर्पक्षमा थुनामा राखी मुद्दाको अन्तिम किनारा लगाउन जिल्ला अदालत काठमाडौंका न्यायाधीस प्रेम प्रसाद न्यौपानेले आदेश दिएका थिए ।
बाँकी त्यसवेला पक्राउमा रहेका दुई जनालाई भने जिल्ला अदालतले धरौटीमा रिह नगर्ने आदेश दिएको थियो ।
असार १ मा जिल्ला अदालतले दिएको आदेशविरुद्ध खाण र रायमाझी आज पूनरावेदन गएका हुन् । यस अगाडी तत्कालिन गृहसचिव टेकनारायण पाण्डेसहित ८ जना जिल्लाको आदेशविरुद्ध पूनरावेदन गईसकेका छन् ।