Nic Ad Nic Ad
Nic Ad Nic Ad

वेस्ट इण्डिज भारतसँग पाँच विकेटले पराजित

शुक्रबार, साउन १२, २०८०

काठमाडौँ - भारतले वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारत पाँच विकेटले विजयी भएको हो ।

वेस्ट इण्डिजले दिएको ११५ रनको लक्ष्य भारतले २२.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको थियो ।

भारतका लागि इशान किसनले सर्बाधिक ५२ रन बनाएका थिए भने सूर्यकुमार यादवले १९, रविन्द्र जडेजाले १६ र कप्तान रोहित शर्माले १२ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इण्डिजले २३ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको थियो ।

वेस्ट इण्डिजका लागि कप्तान शाइ होपले सर्बाधिक ४३ रन बनाए भने अलिक अथनाजले २२, ब्राण्डन किंगले १७ र शिमरोन हेटमायरले ११ रन बनाएका थिए । वेस्ट इण्डिजका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

यो जितपछि तीन खेलको सिरिजमा भारत १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल शनिबार हुँदै छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्