डोनाल्ड ट्रम्पमाथि फेरी अर्को मुद्धा
वासिङटन - अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ बढ्दै गएको छ । बिहीबार ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित अर्को मुद्दा दायर भएको छ ।
ट्रम्पले गोप्य कागजातहरूको अनुसन्धानमा बाधा पुर्याएको र आफ्नो फ्लोरिडा एस्टेट मार ए लागोबाट सिसिटिभी फुटेज मेटाएको नयाँ आरोपहरू सामना गरिरहेका छन्। ट्रम्प विरुद्धको गोप्य कागजातसँग सम्बन्धित यस मामिलामा सुनुवाइ अर्को वर्ष मे मा सुरु हुनेछ ।
सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प प्रमुख दावेदार हुन् । यस्तो अवस्थामा नयाँ आरोपका कारण उनको कठिनाइ अझ बढ्न सक्छ ।
यद्यपि, ट्रम्पले आफूमाथि लगाइएको आरोपलाई सिधै अस्वीकार गर्दै यो बाइडेनलाई अपराधी परिवार भएको र उनको न्याय विभागको उत्पीडनबाहेक केही नभएको बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८० १४:१७
प्रतिक्रिया दिनुहोस्