नेभिगेशन
समाचार

रविको ‘राजनीतिक बेलुन’ फुटे के हुन्छ ? स्वर्णिमले गरे यस्तो घोषणा

काठमाडौंकेन्द्रीय समिति विस्तारको तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले प्रदेश, जिल्लादेखि वडासम्म पार्टी संगठन विस्तारको रफ्तारमा देखिएका छन्।

आगामी मंसिरको महाधिवेशनको तयारीसहित अगाडि बढेको रास्वपामा अहिले नै नेतृत्वमा दाबी हुन सक्ने, गुटका विषय सतहमा देखिएका छन्। तर त्यस्तो चर्चालाई आस्वस्त पार्दै अर्का नेता डा. स्वर्णिम वाग्लेले शनिबार भनेका छन्,‘०८४ को प्रधानमन्त्री रविजी नै हो, ०८९सम्ममा हामी परिवर्तन गर्छौं।

वाग्लेको यो टिप्पणी सहरमा चर्चा भइरहेको नेतृत्व हत्याउने विषयले रास्वपाभित्र ल्याएको एउटा खचपचलाई व्यवस्थापन गर्ने टूलका रुपमा बुझ्न सकिन्छ। मूलधारका पार्टीले गरेका कामको बितृष्णा र स्वतन्त्र उम्मेदवारले स्थानीय निर्वाचनमा पाएको मतले देखाएको नयाँ आशाबीच लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए।

1680516158_rabi_swarnim-1200x560_202304031601301690625232.jpg

रास्वपासँगको आकर्षण नै चुनौति बन्ने कतिपय विश्लेषकले बताएका छन्। एक राजनीतिक टिप्पणीकार भन्छन्,‘रास्वपाको विभाजनको रुपरेखा तत्काल कोरिँदैछ, जब यसले पार्टीको सिद्धान्त र वैचारिक लाइन कोर्छ अनि गुट, उपगुट र विभाजन स्वभाविक बन्न थाल्छ।

हुन पनि पार्टीभित्र भिन्नभिन्न व्यक्तिका अलग विचार र स्वार्थ गाँसिएको हुन्छ। यसका अनेक उदाहरण छन्। त्यसैले पनि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एउटा कार्यक्रममा भनेका थिए,‘पार्टीभित्र लोकतान्त्रिक पद्दती हुनुपर्छ, भगवान भन्ने हुनु हुँदैन। थापाको संकेत लामिछानेतिर नै थियो।

आक्रामक शैलीमा अगाडि बढ्न संगठन विस्तारमा जुटेको रास्वपाको विभाजनको पूर्वानुमान गर्ने कतिपय उदाहरण मूलधारको राजनीतिक दलको हविगतले नै स्पष्ट पार्छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको हालको नेकपा माओवादी केन्द्रको उदय, विभाजन र पतनको यात्रा प्रामाणिक उदाहरण हुन सक्ने पूर्वमाओवादी नेता बताउँछन्। 

०६४ सालमा माओवादी पार्टीमा छिर्नेको लर्को लामो थियो। हौसिएका प्रचण्डले माओवादीभित्र अटाउनका लागि राजावादीलाई समेत समेट्ने राष्ट्रवादी ब्युरो स्थापना गरी राधाकृष्ण मैनालीहरू अटाएका थिए, एक नेता भन्छन्,‘तत्कालिन युवराज पारस शाहका समर्थक बनी हिँडेका युवा दस्तालाई योङ कम्युनिस्ट लिग (वाइसीएल)को छातामुनि अटाउने कोशिश गरे।

त्यसैबेला टिप्पणी सुरु भएको थियो,‘माओवादी बेलुन जस्तो फुल्यो, फुट्यो भने तहस नहस हुन्छ।

शान्ति प्रक्रियामा आएपछि फुलेको माओवादी १६ बर्षभित्र एउटै सदनमा अति सानो भएर खुम्चियो। क्रिम मानिएका मोहन वैद्य, बाबुराम भट्टराई जस्ता नेताको आकार अहिले पनि स्पष्ट देखिएको छ। शान्ति प्रक्रियाको हस्ताक्षरकर्ताका रुपमा रहेका प्रचण्डले राजनीतिक स्वास फेर्ने मसिनो संख्या कायम राखे पनि माओवादीको त्यो लोकप्रियता, प्रचण्डको त्यो हुंकार दुई दशक पनि नपुगी स्खलनको तिव्र पतनमा देखिएकै छ।

सञ्चार माध्यममार्फत जनताका सवाललाई आक्रोशित गतिमा पेस गरी सानो समयमा नै नामसँगै राजनीतिक बेलुन तयार पारेका लामिछानेको पार्टीमा अहिले सदस्य बन्नेको लर्को लागेको छ।

अनेक वैचारिक र अवसरवादको आशासाथ रास्वपा सदस्य बनिरहेका व्यक्तिहरूको प्रवेशले लामिछानेलाई अल्पमतमा पार्ने प्रयत्न मात्र गर्ने छैन, विभाजनका निम्ति बाध्यकारी पनि बनाउने विश्लेषण स्वभाविक भएको छ। यो नेपाली राजनीतिमा देखिँदै आएको संस्करणको पुनारवृत्ति नै हो।

जसरी विवकेशील साझा पार्टीको वैकल्पिक राजनीतिले छाटो समयमा टुटफुटबाट अब विश्रामको बाटो समातेको छ, लामिछानेको रास्वपामा त्यो भन्दा ठूलो प्रलय जाने प्रक्षेपण गरिएको छ। कांग्रेस, एमाले, माओवादी, राजावादी, विवेकशील साझादेखि चलेको स्वतन्त्र उम्मेदवारका पक्षपोषक समेत समाविष्ट रास्वपा वैचारिक मतभेदका कारण नै ०८४ अघि विभाजनमा जान सक्ने सम्भावना केलाउन थालिएको छ।

त्यसो त रवि लामिछाने आफैंले भन्न थालेका छन्,‘पार्टीभित्र को कुन स्वार्थले छिरेको छ त्यो मुल्यांकन हुन्छ। मिसन ०८४ पार्टी निर्माण हो, उम्मेदवार बनाउनका लागि होइन। तर संगठन विस्तार गर्दै जाँदा केन्द्रदेखि तलसम्म लामिछानेले खतरा मन्साउन सक्लान्? स्मरणीय छ, ०६४ मा नै मधेसमा नयाँ शक्तिका रुपमा उदाएको तत्कालिन मधेसी जनाधिकार फोरमको विभाजनको सुरुआत मोरङ जिल्ला समितिबाट भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार