Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकीकृत समाजवादीकाे निर्धारित चारै तहको बैठक स्थगित

आइतबार, साउन १४, २०८०

काठमाडौं - नेकपा एकीकृत समाजवादीले यसअघि निर्धारण गरेको चारै तहको बैठक स्थगित गरेको छ । यही साउन १६ गतेदेखि गर्ने भनेको सबै बैठक स्थगित भएको एकीकृत समाजवादीले जनाएको हो ।

पार्टी अध्यक्ष माधव नेपाल विदेश भ्रमणबाट स्वदेश फर्किएकै दिन शनिबार एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक स्थगित गर्ने निर्णय गरेको हो । अध्यक्ष नेपाल त्रिदेशीय भ्रमणका क्रममा उनी गत आइतबार इन्डोनेसिया प्रस्थान गरेका थिए । उनी विभिन्न तीन मुलुकको भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फिर्ता भएका हुन् ।

पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार तयारी पूरा नभएकाले बैठक स्थगित गरिएको हो । असार २९ र ३०, साउन १, २, तथा ४, ५ गते बसेको सचिवालय बैठकले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक आह्वान गरेको थियो ।

उक्त बैठकले साउन १५ गते सचिवालय, १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्युरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाएको थियो । साउन १५ गतेको सचिवालय बैठक बस्ने तर १६ गतेदेखिका बैठक स्थगित गर्ने प्रवक्ता खतिवडाले बताएका छन् ।

 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०६:४३
प्रतिक्रिया दिनुहोस्