Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण, विमानस्थल बन्द

आइतबार, साउन १४, २०८०

मस्को - रुसको राजधानी मस्कोमा ठूलो ड्रोन हमला भएको छ ।

एकैपटक धेरै ड्रोन आक्रमण भएपछि मस्कोमा हलचल मच्चिएको थियो । रुसी सेनाले जवाफी कारबाही गरी धेरै ड्रोनहरू खसालेको छ । ड्रोन आक्रमणपछि मस्कोमा हवाई यातायात बन्द गरिएको छ । आक्रमणबाट दुईवटा भवनमा क्षति पुगेको जनाइएकाे छ ।

आक्रमणको जानकारी दिँदै रुसी राजधानीका मेयरले आइतबार बिहान मस्कोमा युक्रेनी ड्रोनले राति हमला गरेको र त्यसमा दुईवटा कार्यालय भवनमा क्षति पुगेको बताए । समाचार एजेन्सी एएफपीका अनुसार सो हमलाबाट कोही घाइते भएका छैनन्।

दुई दिनअघि पनि युक्रेनी ड्रोनले मस्कोमा आक्रमण गर्ने प्रयास गरेको थियो, जसलाई रुसी सेनाले असफल बनाएको थियो ।

रुसी रक्षा मन्त्रालयले शुक्रबार राति युक्रेनको ड्रोन आक्रमण असफल भएको बताएको छ । मन्त्रालयले टेलिग्राममा पोष्ट गरेको सन्देशमा भनेको छ, ‘रुसी वायु रक्षाले मानवरहित गाडीलाई ध्वस्त पारेको थियो। त्यहाँ कुनै हताहत वा क्षति भएको छैन।’

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्