Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेकपा एसले बाेलायाे सचिवालय बैठक, के छ एजेन्डा ?

आइतबार, साउन १४, २०८०

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक भाेली (साेमबार) बस्ने भएको छ ।

मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीको यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएकामा प्राविधिक कारणले तयारी नपुगेको जनाउँदै ती बैठक स्थगित गरिएकाे छ ।

सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा छलफल गर्नेलगायत विषय बैठकको कार्यसूचीमा छ । बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्य योजना पारित गरिने बताइएकाे छ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्