Nic Ad Nic Ad
Nic Ad Nic Ad

अघिल्लो बर्षजस्तो मलको अभाव छैन् : कृषिमन्त्री भुसाल

सोमबार, साउन १५, २०८०

काठमाडौँ– कृषिमन्त्री बेदुराम भुसालले अघिल्लो बर्षजस्तो मलको अभाव नभएको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा हाल दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको भन्दै मलको अभाव नहुने बताएका हुन् ।

उनले मल आयात गर्ने जिम्मेवारी संघीय सरकारको भएपनि वितरणको सम्पूर्ण जिम्मा स्थानीय तहको भएको जानकारी दिए । अहिले स्थानीय तहअन्तर्गत वितरणको जिम्मा पाएका सहकारी संस्थाले राम्रोसँग वितरण नगरेका गुनासा आउने र यसमा मन्त्रालय गम्भी रहेको उनले बताए । मन्त्री भुसालले सरकारले आयात गरेको मल गुणस्तरीय रहेको भन्दै कुनै दुविधा नराख्न आग्रह गरे ।

यस बर्षका लागि आवश्यक मलका लागि टेन्डर समेत भइरहेको उनको भनाइ छ । मन्त्री भुसालले बजेटका कारण समयमा नै मल ल्याउन समस्या भएको र मल आयात गर्न कम्तीमा दुई सय २७ दिन लाग्ने भएकाले समयमा नै तयारी गर्नुपर्ने जिकिर गरे । उनले मल कारखाना सुरु गर्नका लागि अध्ययन प्रक्रियामा गएको बताए ।

छलफलपछि समितिका ज्येष्ठ सदस्य विनोदकुमार चौधरीले मल अभाव नहुनेगरी वितरणको रोडम्याप सम्बन्धीत मन्त्रालयहरुसँग माग गर्ने बताए ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्