एनआरएनए अस्ट्रेलियाः न्युकासलको इतिहास कोर्दै रोजी पन्तले ल्याइन् लोकप्रिय मत
सिड्नी– गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको हालै सम्पन्न भएको नयाँ नेतृत्वको निर्वाचनमा न्युकासलमा इतिहास कोर्दै रोजी पन्त सह–कोषाध्यक्षमा लोकप्रिय मतसहित बिजयी भएकी छन्।
एनआरएनएमा पहिलो पटक न्युकासलले एनसीसीमा बोर्ड अफ डाइरेक्टर (बीओडी) जित्न सफल भयो त्यो पनि अधिक मतका साथ।
पन्त एक उम्मेदवार बनेर निर्वाचनमा होमिएकी पात्र मात्र थिइनन्। उनका नेपथ्यमा अनेक गुण र योगदानको मतदाताले कदर गरेको पन्तको भनाई छ।
पन्तको निर्णयको गुणस्तरले नै उनको जीवन र अठोटको महत्व दर्शाएको यो प्रमाण हो। सामाजिक काममा सक्रिय हुने एनआरएनएका लागि दुई बर्षअघि एसीसी सदस्यमा अत्यधिक मतले निर्वाचित भएकी उनको यो अर्को अपराजित फड्को हो।
एक सद्गुणी महिला ठूला नाम र चमकले उत्प्रेरित हुँदिनन् तर गहिरो बुद्धि र निष्ठाका सहयोगी हातको सहयोगले प्रेरित हुन्छिन् भन्ने भनाईको पयार्यका रुपमा पन्तको यात्रा जारी रहने उनका निकटवर्ती बताउँछन्।
समुदाय र देशलाई पनि सफल बनाउन सकिन्छ भन्ने धेयले एनआरएनएमार्फत जिम्मेवारीताको अझ बलियो कसीमा उभिएकी उनी भन्छिन्,‘यो जीत क्षणिक थियो, अब जिम्मेवारी गहिरो छ।’
१५ बर्षअघि अस्ट्रेलियामा उनको पहिलो पाइला परेको थियो। नेपाली समुदायमा संघर्ष गर्दै न्युकासलमा एउटा व्यावसायीक नाम स्थापनामा पन्त सफल भएकी थिइन्। ‘नेपालमा नै स्थापित हुनका लागि एउटा महिलाका लागि कति चुनौति होलान्, अस्ट्रेलियामा आएर व्यावसायीक नाम, सामाजिक परिचय र नामसहित योगदान गर्ने साहस जोकोहीले कहाँ सक्छ र?’, उनको उडान देखेका नेपाली समुदायका व्यक्तिहरू भन्छन्,‘हरेक क्षेत्रलाई जान्न सक्ने महिला हुन्। कर्मशील छिन्। यो जितले उनीमाथि जिम्मेवारी पनि थपेको छ।’
अर्बिट अस्ट्रेलिया ग्रुप, अर्बिट इनरोलमेन्ट एजुकेशन कन्सलट्यान्सी, अर्बिट होमस्, एनडीआईएस ई केयर प्लस नर्सिङ एजेन्सी स्थापित गरी पन्तले कम्तिमा पनि तीन सय जनालाई रोजगारी दिएकी छन्।
रोजगारीको विषय एकातिर छ, अर्कातिर समुदायमा परेका समस्यामा आर्थिक र सामाजिक रुपमा हातेमालो गरी विद्यार्थीको जीवनलाई सहज बनाउन पन्तले कन्जुस्याँई गरिनन्। अब त झनै दायित्वको भारी बोकेका कारण निक्कै मिहेनत गर्नुपर्ने अनिवार्यता रहेको उनी बताउँछिन्।