नेभिगेशन
अर्थ विविध

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला?

काठमाडौं - भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हाे।

आईओसीले हरेक १५ दिनमा पठाउने पेट्रोलियमको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको छ।

आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ। सोअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्नेछ।

ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिब १ सय रुपैयाँ घटेर आएको छ । नेपालमा पनि ग्यासको मूल्य घट्नेछ।

केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । जसले गर्दा भारतबाट आउने प्रशोधित तेलको मूल्य समेत बढेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध