कोसीको मुख्यमन्त्रीमा कांग्रेसका थापाद्वारा दाबी पेशा
काठमाडौं - कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन्। प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित थापाले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेका हुन्।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका ४७ सांसदको हस्ताक्षरसहित उनले दाबी पेश गरेका हुन्।
प्रदेशमा एमाले–राप्रपा तथा कांग्रेस–माओवादी–एकीकृत समाजवादी–जसपा दुबै गठबन्धनमा ४६–४६ सांसद (सभामुखबाहेक) छन् । सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर गठबन्धनले पुनः मुख्यमन्त्रीमा दाबी पेश गरेको हो।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १७:२१
प्रतिक्रिया दिनुहोस्