नेभिगेशन
समाचार
कोशी प्रदेश

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

विराटनगर– कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई आज बेलुका नियुक्त गरेका छन् ।

नेपालको सविधानको धारा १६८ को उपधारा९२० बमोजिम प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन् । नवनियुक्त मुख्यमन्त्रीले भोलि बिहान १०ः३० बजे शपथ लिने कार्यक्रम तय भएको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार