नेभिगेशन
समाचार

संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनमा कांग्रेसले सहमति खोज्ने 

काठमाडौँ– नेपाली कांग्रेसले संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनमा रहेका बिषयवस्तुमा सहमति खोज्ने भएको छ । 

सिंदरबारस्थीत संसदीय दलको कार्यालयमा कांग्रेस शीर्ष नेता, पदाधिकारी तथा सम्बन्धीत समितिमा रहेका सांसदहरुसंगको छलफलमा संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई अघि बढाउन यसमा देखिएका जटिलता र बिषयवस्तुमा सहमति खोज्ने बिषयमा कुराकानी भएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

उनले संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई यथासिघ्र सदनबाट पारित गर्नुपर्ने अवस्था रहेको भन्दै विवादीत बिषयमा समेत सहमति खोजिने उल्लेख गरे । विश्वकर्माले सबैैको स्वीकार्यमा नै कानून ल्याउने प्रयत्न भइरहेको बताए ।

त्यस्तै उनले सदनमा उठेको बिषयमा सरकार प्रष्ट पार्नुपर्ने र सदनको अवरोध हटाउनुपर्ने उल्लेख गरे । उनले संसदीय समितिको नेतृत्व छिटो हुनुपर्नेमा कांग्रेसको जोड रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार