Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा सडक निर्माणस्थलमा क्रेन खस्दा १७ जना मारिए 

मंगलबार, साउन १६, २०८०

नयाँदिल्ली– भारतको पश्चिमी राज्य महाराष्ट्रमा सडक निर्माणस्थलमा क्रेन खस्दा कम्तीमा १७ जना कामदारको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् ।

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ७१ किलोमिटर उत्तरपूर्वमा पर्ने ठाणे जिल्लाको शाहापुर नजिकै उक्त घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उद्धारका लागि भारतीय राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ)को टोली घटनास्थलमा पुगिसकेको छ । एनडीआरएफका वरिष्ठ अधिकारी सारंग भी कुर्वेले भने, “हाम्रो खोजी र उद्धार कार्य जारी छ । घटनास्थलबाट अहिलेसम्म १७ जनाको शव निकालिएको छ ।” 

घाइते तीनै जनालाई नजिकैको अस्पतालमा लगिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहतस्वरूप आर्थिक सहयोग दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  २१:४४
प्रतिक्रिया दिनुहोस्