Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोसी सरकारमा तेस्रो पटक मन्त्री बन्न आचार्यको दाबीले बाबुराम गौतमलाई सकस, मुख्यमन्त्रीको शपथ धकेलियो

बुधबार, साउन १७, २०८०

काठमाडौंकासी सरकारमा दोस्रो पटक मुख्यमन्त्रीको शपथ लिन तयार रहेका उद्धव थापाका लागि माओवादी केन्द्रभित्रको विवादले तनाव दिएको छ।

सरकार बनाउनका लागि बहुमत बनाएका बाबुराम गौतमलाई माओवादीबाट मन्त्री बनाउने सहमति भएको थियो। उनले सभामुखबाट राजीनामा दिएर गठबन्धनको बहुमत पुराएका थिए।

तर माओवादीबाट दुई पटक मन्त्री भइसकेका जीवन आचार्यले पनि दाबी गरेपछि मुख्यमन्त्री थापाको शपथ धकेलिएको हो। आचार्य यसअघि बर्खास्त भएको थापाकै नेतृत्वको सरकारमा अर्थमन्त्री नियुक्त भएका थिए।

त्यसअघि नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वको सरकारमा पर्यटनमन्त्री भएका थिए। अन्तिम अवस्थामा जीवन आचार्यको दाबीले माओवादीभित्र सहमति नहुँदा शपथ सरेको हो, स्रोतले भन्यो।

आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाँई पनि हुन्।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार