Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरण : सरकारको खोजीमा अनेरास्ववियूको टर्चलाइट जुलुश

बुधबार, साउन १७, २०८०

काठमाडौँ– नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले सुन तस्करी प्रकरणलाई टुंगोमा पुर्‍याउन माग गर्दै काठमाडौँमा टर्चलाईट जुलुश निकालेको छ ।  

क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि सरकारले आँखा चिम्लिएकाले टर्च लाईट बालेर सरकार खोज्नुपरेको अनेरास्ववियूले जनाएको छ । 

अनेरास्ववियूले प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्नुको साटो सरकारले संसद रोकेर विषयान्तर गर्न खोजेको आरोप लगाएको छ । काठमाडौँको माइतीघरबाट सुरु भएको विद्यार्थी संगठनको जुलुश नयाँ वानेश्वरमा पुगेरमा कोणसभामा परिणत भएको थियो । 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्