क्यानडाका प्रधानमन्त्रीकाे १८ वर्षपछि ‘डिभोर्स’
एजेन्सी - क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ ।
ट्र्डो र उनकी पत्नी सोफीबीच सम्बन्धविच्छेद भएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राममा आफ्नी श्रीमतीसँग छुट्टिएको जानकारी दिएका छन् ।
वैवाहिक जीवनको १८ वर्षपछि जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीबीच सम्बन्धविच्छेद भएको हो ।
क्यानडाको प्रधानमन्त्री कार्यालयका अनुसार उनीहरुले छोडपत्रमा हस्ताक्षर गरिसकेका छन् । यद्यपि दुवै सार्वजनिक कार्यक्रमहरुमा देखिने छन् । विगतमा भने उनीहरु सँगै सार्वजनिक कार्यक्रममा कम देखिएका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० ११:५८
प्रतिक्रिया दिनुहोस्