Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यान्सर जितेकी ‘फुटबलकी महारथी’को चम्किँदै गरेको कथा

बिहीबार, साउन १८, २०८०

काठमाडौं अहिले चर्चा लिन्डा काइसेडोको छ । अस्टे«लियामा जारी महिला विश्वकप फुटबलमा कोलम्बियाले दक्षिण कोरिया र जर्मनीलाई हराएसँगै १८ वर्षे काइसेडोको चर्चा चुलिएको हो । यी किशोरीले गत फेब्रुअरीमा स्पेनिस क्लब रियल म्याड्रिडसँग सम्झौता गरेकी थिइन् । त्यस रात साथीभाई र परिवारसँग पार्टी गर्नुको साटो उनी एक क्यान्सरपिडित युवतीको स्वास्थ्य अवस्था बुझ्न केन्द्रीत थिइन् ।

शल्यक्रियाको प्रक्रियामा रहेकी ती किशोरीलाई काइसेडोले कोलम्बियास्थित आफ्नो घरमै बोलाएर उपचारमा सहयोग गर्ने आश्वासन दिइन् ।

यसैले दर्शाउँछ : काइसेडोको प्राथमिकता के हो ? फुटबल, खेल वा सफलताभन्दा मानिसको जीवन माथि छ भन्नेमा उनी स्पष्ट छिन् ।

१४ वर्षकै उमेरमा उनले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी थिइन् । त्यसको एक वर्षपछि उनलाई क्यान्सर लागेको थाहा भयो ।

उनको जीवनको पछिल्लो आरोह सिड्नीमा देखियो, जहाँ उनले देव्रे विङ्सबाट बल अघि बढाएर दक्षिण कोरियाली गोलकिपर योन योङ जिउललाई छक्याउँदै गोल गरिन् । यो गोलसँगै कोलम्बियाले विश्वकपमा आफ्नो सुरुवाती खेल जित्यो । महिला विश्वकप इतिहासमै कोलम्बियाको यो केवल दोस्रो जित थियो ।

काइसेडोले गोल गरेको दिन उनको उमेर १८ वर्ष १ सय ५३ दिन थियो । दक्षिण अमेरिकी खेलाडीमध्ये ब्राजिलकी मार्टाले मात्रै यसभन्दा कम उमेरमा विश्वकपमा गोल गरेकी छिन् । महिला फुटबलमा कुनै खेलाडीको तुलना मार्टासँग गरिनु आफैंमा एउटा ठूलो विषय हो । तर, काइसेडो त्यसको हकदार छिन् ।

उनले जर्मनीविरुद्ध विश्वस्तरीय गोल गर्दै यसलाई पुष्टि पनि गरेकी छिन् । उनको गोलसँगै कोलम्बियाले दुईपटकको विजेता जर्मनीलाई २१ ले हरायो ।

कोलम्बियाको महिला फुटबललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन काइसेडोको पछिल्लो प्रदर्शन महत्वपूर्ण साबित भएको छ । यस देशले सन् २०११ र २०१५ मा पनि विश्वकप खेलेको थियो । तर यसपटक उसको प्रदर्शन निकै जबर्जस्त देखिएको छ ।

कान्डेलेरिया नामको बस्तीमा गरिब परिवारमा जन्मिएकी काइसेडोले यस अवस्थासम्म आउन निकै संघर्ष गरेकी छिन् । आफ्नो संघर्षबारे जानकार भएकाले नै होला, उनी गरिब परिवारलाई चुपचाप नै सहयोग गर्न रुचाउँछिन् । भर्खरैमात्रै कान्डेलेरियामा पुगेर उनले मर्कामा परेका परिवारका सदस्यलाई  खाद्यान्न वितरण गरेकी थिइन्, तर कुनै प्रचार गरिनन् ।

कोलम्बियाली प्रशिक्षक नेल्सन अबादियालाई उनी निकै आदर गर्छिन् । सन् २०१७ यता कोलम्बियाको महिला टोली उनको प्रशिक्षणमा छ, सहायकप्रशिक्षकका रुपमा त्यसको तीन वर्षअघिदेखि नै उनी सक्रिय थिए । युवा अवस्थामा पनि लिन्डाले उनको प्रशिक्षणमा खेलहरू खेलेकी थिइन् ।

सन् २०१६ मा मैले युथ डिभिजनहरू हेर्थें । लिन्डा त्यतिबेला पनि निकै राम्रो खेल्थिंन्, अबादियाले भने ।

१४ वर्षको उमेरमा लिन्डाले जुलाई २०१९ मा कोलम्बियाली क्लब अमेरिका डि क्यालीबाट खेल्ने अवसर पाइन् । यही वर्ष नोभेम्बरमा उनलाई राष्ट्रिय टिममा प्रशिक्षक अबादियाले बोलाए । लिन्डाले छोटो समयमै आफुलाई स्थापित गर्ने ठानिएको थियो । तर, अवस्था सोचेजस्तो भएन ।

कोरोना भाइरस महामारीले फैलिरहेको समय काइसेडोले आफ्नो पेट दुखेको महसुस गर्न थालिन् । परीक्षणपछि उनलाई ओभरियन क्यान्सर भएको पत्तो लाग्यो । दुई साताको परीक्षणपछि मार्च २०२० मा काइसेडोले ट्युमर हटाउन शल्यक्रिया गरिन् । यसक्रममा उनको एउटा ओभरी शल्यक्रियामार्फत हटाउनुप¥यो ।

रोगबाट काइसेडो मुक्त भइन् । यसको श्रेय आफ्नो परिवार र प्रशिक्षकको सकारात्मक प्रेरणालाई दिन्छिन् ।  यो एउटा कठिन प्रक्रिया थियो । मैले यससँग जुध्न सकें, उनले भनिन्,‘मेरो परिवार सधैं मसँग थियो र मलाई प्रशिक्षकले सधैं साथ दिइरहनु भयो ।

उनले थपिन्, ‘अबादियाले मलाई फोन गरिरहनु हुन्थ्यों । एकपटक शल्यक्रियामा निस्कनुअघि मलाई लागेको थियो कि म फेरि माथिल्लो स्तरमा फुटबल खेल्न सक्नेछैन । उहाँले मलाई तिमी फेरि फर्कनेछौं भनेर विश्वास दिलाउनुभयो ।

काइसेडोले शल्यक्रियापछि ६ महिना किमोथेरापी लिएकी थिइन् । र, चिकित्सकले क्यान्सरमुक्त भएको घोषणा गरेको भोलिपल्टै उनी मैदानमा प्रशिक्षणका लागि आइसकेकी थिइन् ।

मजस्तै कठिन समय भोगेका मानिसहरूलाई भन्न चाहन्छु, मैले सक्नु भनेँ तपाईले पनि सक्नुहुन्छ, उनले भनिन् । उनी उमेर समुह र माथिल्लो स्तरका प्रतिस्पर्धा दुबैमा अब्बल देखिएकी छिन् । २०२२ मा काइसेडोले एकैपटक चार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइन् दक्षिण अमेरिकी यु१७ वुमन्स च्याम्पियनसिप, यु२० वुमन्स च्याम्पियनसिप, यु१७ विश्वकप र कोपा अमेरिका ।

यसमध्ये कोपा अमेरिकामा कोलम्बियालाई फाइनलमा पु¥याउन उनको भूमिका महत्वपूर्ण थियो । ब्राजिलसँग १० ले फाइनल गुमाएपनि उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।

फेब्रुअरी २०२३ मा १८ वर्ष पुगेको केही दिन नबित्दै उनलाई स्पेनिस रियल म्याड्रिडले आबद्ध ग¥यो । कोलम्बियाको टोलीमा रहेका स्पेनिस लिग खेल्ने ७ खेलाडीमध्ये उनी एक हुन् । आफ्नो खेलमा निखार ल्याउन, परिवर्तन ल्याउन देश छाड्नु पर्ने हुन्छ, उनले भनिन्,‘मलाई मेरा समर्थक र प्रशिक्षण टोलीबाट ठूलो साथ प्राप्त भएको छ । यहीकारण मैले रियल म्याड्रिडमा आफ्नो स्थान सुरक्षित गर्न सकेकी छु ।

कोलम्बियाका सहायक प्रशिक्षक एन्जेलो मार्सिग्लिया काइसेडोलाई एक्स्ट्राअडिनरी खेलाडीका रुपमा चित्रण गर्छन् । उनी धेरैभन्दा धेरै समय बलसँग खेल्न रमाउँछिन् । उनको खेलशैली पृथक छ । अर्कै ग्रहकी खेलाडीजस्तै लाग्छिन्, उनले भने ।

अझै धेरै सिक्न बाँकी रहेको काइसेडोले बताइन् । यो मेरो पहिलो सिनियर विश्वकप हो । म आफ्नो टोलीसँग धेरै अनुभवहरू सिक्न चाहन्छु । हरेक दिनको मज्जा उठाउन चाहन्छु । मसँग पर्याप्त समय छ, उनले भनिन् । (बीबीसीबाट भावानुवाद)

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्