मणिपुरमा जातीय झडपमा १७ जना घाइते
दिल्ली– भारतको मणिपुरमा मैतेई र कुकी समुदायबीच हिंसा सुरु भएको आज तीन महिना पुरा भएको छ । तर, हिंसा रोकिने कुनै छाँट देखिएको छैन ।
बिहीबार विष्णुपुर जिल्लामा सुरक्षा बल र मैतेई समुदायबीच हिंस्रक झडप हुँदा १७ जना घाइते भएका छन् । स्थिती नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायरिङ गरेका थिए । इन्डिया टुडेमा प्रकाशित रिपोर्टअनुसा विष्णुपुरका मैतेई समुदायका महिलाहरुले बफर जोन पार गर्ने प्रयास गरेका थिए । त्यसक्रममा असम राइफल्सले उनीहरुलाई रोक्ने कोसिस ग¥यो । भिड तितरवितर पार्नका लागि सुरक्षाकर्मीले हवाई फायरिङ र अश्रु ग्यास छाडेको थियो ।
पछिल्लो तीन महिनामा मणिपुरमा हिंसाका कारण १ सय ६० जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० १६:४०
प्रतिक्रिया दिनुहोस्