Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजदूतको नाम अनुमोदन

सुनुवाइ समितिद्वारा ६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन

बिहीबार, साउन १८, २०८०

काठमाडौँ– संघीय संसदको संसदीय सुनुवाइ समितिले बिभिन्न देशका लागि परराष्ट्र सेवाका ६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले ६ जनाको राजदूतको सुनुवाई गर्दै सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । 

सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर वली (थाइल्याण्ड)का लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो । 

सुनुवाई समितिको कार्यविधि अनुसार योग्यता अनुभवका साथ जिम्मेवारी बहन गर्ने बिषयमा प्रस्तावित राजदूतसंग छलफल गरेको र उजुरीहरुमाथि समेत छलफल गरेर अनुमोदन गरिएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यसअघि बैठकमा प्रस्तावित राजदूतहरुले दुई मुलुकबीचको कुटनीतिक सम्बन्धलाई अझै प्रगाढ बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए । सुनुवाई समितिबाट अनुमोदन भएसगै राष्ट्रपतिले नियुक्त गर्ने बाटो खुलेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्