विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस
काठमाडौँ– प्रधानन्यायाधीशका लागि वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको संवैधानिक परिषद्ले सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अनिवार्य अवकाशमा जाने भएकाले बैठकले नयाँ प्रधानन्यायाधीश सिफारिस गरेको उनले बताए ।
बैठकले महालेखा परिक्षक , निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लीम आयोगको सदस्य नियुक्तिका लागि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको तिमिल्सिनाले जानकारी दिए । उक्त निकायमा नियुक्तीका लागि इच्छुकहरुबाट आवदेन लिनका लागि १५ दिनको सूचना प्रकाशित गरिने उनले बताए ।
परिषदको सचिवालयले अब श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ । आगामी साउन २० गतेदेखि प्रधानन्यायाधीश पद रिक्त हुँदै छ । उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाँदैछन् ।
संविधानको धारा १८४ को उपधारा ३ मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने’ उल्लेख छ ।
संविधानमा सर्वोच्च अदालतमा नियुक्त भएको तीन वर्ष कटेका न्यायाधीशहरू प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुने उल्लेख छ ।
वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबारे