Nic Ad Nic Ad
Nic Ad Nic Ad

तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने- ‘म निर्दोष छु’

शुक्रबार, साउन १९, २०८०

वासिङटन डिसी - पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  सन् २०२० को चुनावकाे परिणामलाई उल्टाउने षड्यन्त्र नगरेको दाबी गरेका छन्।

बिहीबार वाशिंगटन डिसीको अदालतमा भएकाे सुनुवाइ क्रममा ट्रम्पले आफूमाथि लागेको आरोपमा आफू निर्दोष रहेकाे दाबी गरे। सो सुनुवाइका क्रममा ट्रम्प निकै नम्र स्वरमा प्रस्तुत भएका थिए।


पछिल्लो चार महिनामा ट्रम्प  अदालतमा उपस्थित भएकाे यो तेस्रो पटक हो । ट्रम्पलाई अदालतको पछाडिको ढोकाबाट भित्र ल्याइएको थियो। साे दिन ट्रम्प बाहेक झण्डै एक हजार अपराधी अदालतमा हाजिर भएका थिए । उनीहरूलाई जनवरी ६ मा अमेरिकी क्यापिटलमा प्रवेश गरी दंगा गरेको आरोप लगाइएको थियो।

सन् २०२१ मा चुनाव हारेपछि ट्रम्पको उक्साहटमा उनका समर्थकहरूले अमेरिकी संसदमा हमला गरेका थिए । अमेरिकी कंग्रेसको पनि तोडफोड गरेका थिए ।

सो सुनुवाइका क्रममा ट्रम्पको शारीरिक हाउभाउ शान्त देखियाे । सामान्यतया आक्रामक मुद्रामा बस्ने ट्रम्प अदालतमा शिर निहुराएर बसिरहेका थिए । उनीमाथि ‘संयुक्त राज्य अमेरिकालाई धोका दिएर षड्यन्त्र गरेको’, सरकारी कार्यमा अवरोध गर्ने षड्यन्त्र र जनताको अधिकार विरुद्धको षड्यन्त्र गरेको आरोप लगाइएको छ।

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले ६ जनवरी २०२१ मा अमेरिकी संसद अर्थात् युएस क्यापिटलमा आक्रमण गरेका थिए । जसलाई अमेरिकाको इतिहासमा कालो दिनको रूपमा अर्थाउने गरिएकाे पाइन्छ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्