Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ, ३ वर्ष जेल सजाय

शनिबार, साउन २०, २०८०

काठमाडाैं - पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा अदालतले तीन वर्षको जेल सजाय सुनाएपछि आज पक्राउ परेका छन् ।

इस्लामावादको ट्रायल कोर्टले शनिवार पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआइ) का अध्यक्षसमेत रहेका खानलाई भ्रष्टाचार आरोपमा ३ वर्ष जेल सजाय सुनाएसँगै उनी पक्राउ परेका हुन्।

उनलाई पाँच वर्षसम्म सक्रिय राजनीतिमा भाग लिनबाट पनि रोक लगाइएको छ।

तोशाखाना केसमा उनलाई तीन वर्ष जेलसँगै एक लाख रुपैयाँ जरिवाना तोकिएको छ।

सुनुवाइको क्रममा अतिरिक्त जिल्ला न्यायाधीश (एडिएसजे) हुमायुन दिलावरले पूर्वप्रधानमन्त्री खानविरूद्धका आरोप पुष्टि भएको बताएका थिए।

‘इमरान खानले पाकिस्तानको निर्वाचन आयोगलाई नक्कली विवरणहरू दिएका थिए र भ्रष्ट अभ्यास गरेकोमा उनी दोषी देखिएका छन्,’ उनले भने।

खानलाई निर्वाचन कसुरको धारा १७४ अन्तर्गत दोषी ठहर गरेको डनले जनाएको छ।

७० वर्षीय खानले प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा विदेशी प्रतिष्ठित व्यक्तिहरूबाट प्राप्त उपहारहरू अवैध रूपमा बेचेको अभियोग लागेकाे थियाे।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्