पाकिस्तान सुधार्न उदाएका इमरानलाई कालोकोठरीमा लैजाने तोशाखाना प्रकरण
काठमाडौं– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचारको मुद्दामा पक्राउ परेका छन्। लाहोर पुलिसले जमान पार्टबाट उनलाई पक्राउ गरेको हो। उनी पिटिआई पार्टीका अध्यक्षसमेत हुन्।
इस्लामावादको ट्रायल कोर्टले यसअघि उनीविरुद्ध ३ वर्षको जेल साजय सुनाएको थियो। त्यस्तै, उनी आगामी ५ वर्षसम्म चुनाव लड्न पाउने छैनन्। उनीमाथि १ लाख जरिवाना समेत तोकिएको छ।
इमरानको पार्टी पिटिआईकाअनुसार उनलाई लाहोरको कोट लखपत जेलमा लगिएको छ। ‘पिटिआई अध्यक्ष इमरानले तोशाखाना ममिलामा पाकिस्तानको निर्वाचन आयोगलाई गलत जानकारी दिएका थिए। उनी भ्रष्टाचारमा लिप्त थिए,’ अदालतले फैसलामा भनेको छ। शनिबार सुनुवाईपछि १२ः३० बजेसम्म फैसला बाहिर ल्याइएको थिएन।
इमरानले यस फैसलाविरुद्ध हाईकोर्टमा उजुरी गर्न सक्नेछन्। फैसला आउनुअघि नै इमरानले हाई कोर्ट र सुप्रिम कोर्टमा निवेदन दिएका थिए। तर दुबै अदालतले ट्रायल कोर्टको सुनुवाई समाप्त नभएसम्म यस विषयमा हस्तक्षेप नगर्ने स्पष्ट पारेका थिए।
तोशाखाना प्रकरण के हो ?
पाकिस्तानको कानुनअनुसार त्यहाँका कार्यकारी व्यक्तिलाई विदेशका कुनै पनि सरकारी अतिथीले दिने उपहार स्टेट डिपोजिटरी अर्थात् राष्ट्रिय कोष (तोशाखाना) मा राख्नुपर्ने हुन्छ ।
यदी देशका कार्यकारीले उपहार आफूसँग राख्न चाहेमा उनले लिलामीको प्रक्रियाअनुसार त्यस बराबरको रकम भुक्तान गर्नुपर्छ। अर्थात्, उपहारमा या तोशानामा जम्मा गर्न सकिन्छ, या लिलामी गरेर यसको माध्यमबाट आर्जन हुने धन राष्ट्रिय खजानामा जम्मा गर्नुपर्छ।
सन् २०१८ मा प्रधानमन्त्री बनेका इमरानले आफ्नो आधिकारीक यात्राका दौरान झन्डै १४ करोड रुपैयाँ बराबरका ५८ उपहार विदेशीबाट पाएका थिए। यी महँगा उपहारहरु तोशानामा जम्मान गरिएको थियो। त्यसपछि इमरानले तोशाखानाबाट सस्तो रकममा यी उपहार किनेर महँगो रकममा बजारमा बेचे। यो प्रक्रियाका दौरान उनले कानुन पनि परिवर्तन गरेका थिए।
मिडिया रिपोर्टस्अनुसार इमरानले २ करोड १५ लाखमा यी उपहार तोशाखानाबाट किनेका थिए। उनले ती उपहार बेचेर ५ करोड ८ लाख रुपैयाँ फाइदा कमाए। एक ग्राफ घडी, कफलिंकको एक जोडा, एउटा महँगो पेन, एउटा औठी, चार रोलेक्स घडीलगायतका विलासी सामाग्री यसमा समावेश छन्।
नयाँ राजनीतिक कोर्षमार्फत इमरान पाकिस्तान सुधार्न चहान्थे। तर, अस्थिर राजनीतिका कारण उनको सत्ता मात्र गुमेन, आफैं कालकोठरीमा पुगे।