७४ बर्षिया शिक्षिकालाई ६ सय वर्ष जेल! यौन दुराचारले यो के गरायो ?
एजेन्सी– १४ वर्षीय किशोरमाथि यौन दुव्यवर्हार गरेको अभियोगमा अमेरिकाको विस्कन्सिन, मोन्रोइ काउन्टीस्थित निजी विद्यालयकी ७४ बर्षिया शिक्षिका नेल्सन कोचलाई स्थानीय अदालतले दोषी ठहर गरेको छ।
उनीविरुद्ध लगाइएका ६ सय वर्षसम्मको जेल सजाय हुनसक्ने मोन्रोइ काउन्टी डिस्ट्रिकका न्यायाधिवक्ता केभिन क्रोनिन्गरले बताए। अभियोग लागेका सबै २५ मुद्दामा उनी दोषी पाइएको पनि क्रोनिन्गरले बताए। उनीविरुद्ध कारबाहीको पूर्ण आदेश अक्टुबर २७ मा आउनेछ।
सन् २०१६–१७ मा आफ्नै एक विद्यार्थीमाथि दुव्यवर्हार गरेको अभियोगमा उनीविरुद्ध मोन्रोय काउन्टी जुरीमा सुनुवाई चलेको थियो । घटना हुँदा नेल्सनको उमेर ६७ वर्ष थियो। टोमाह पुलिस विभागले यस अभियोगबारे अनुसन्धान गरेर मुद्दा दर्ता गरेको थियो।
‘यी अपराधका पीडित एक बहादुर युवा हुन्,’ सहायक जिल्ला न्यायाधिवक्ता सराह स्काइल्सले भने, ‘उनले सत्य बोले र जुरीले उनको स्वर स्पष्ट रुपमा सुनेको छ। सत्य पत्ता लगाउन जुरीले देखाएको प्रतिवद्धतालाई हामी धन्यवाद् भन्न चाहन्छौं।
स्काइल्सले न्यायाधिसहरु समक्ष यी महिलालाई अन्तिम फैसला आउनुअघि जेलमै राख्न माग गरेकी थिइन्। यद्यपी, मोन्रोय काउन्टीका कोर्ट जज रिचार्ड रेडक्लिफले जिपिएस प्रणालीको निगरानीमा रहनेगरी उनलाई २७ अक्टुबरसम्म रिहा गर्न आदेश दिएका छन्।