नेभिगेशन
समाचार

गठबन्धनको विकास हुने भो, वास्तविक विकास सुन्य : गोकुल बास्कोटा

 

काठमाडौँ– नेकपा एमालेका नेता तथा सांसद गोकुल प्रसाद बास्कोटाले अर्थमन्त्री डा. प्रकाशशरण महतको भनाईप्रति कटाक्ष गर्दै गठबन्धन सरकारको आलोचना गरेका छन्

आइतबार नेता बास्कोटाले सामाजिक सञ्जालमार्फत अर्थमन्त्रीले बजेट अभावका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिने रकम नभएको बताएको भन्दै चालु वर्षको विकास बजेटको हालत के होला? भनि प्रश्नसमेत गरेका छन् । 

अर्थमन्त्रीको भनाईले गठबन्धन सरकारको विकास भएपनि स्तविक विकास सुन्य जस्तै हुने प्रष्ट भएको उनको भनाई छ ।

उनले सञ्जालमा लेखेका छन्, ‘सिधै अर्थमन्त्रीले निर्माण ब्याबसायीलाई गरिसकेका कामको भुक्तानी दिने सरकारसँग रकम छैन भनेपछि चालु वर्षको विकास बजेटको हालत के होला? गठबन्धनको विकास निर्माण हुने भो तर वास्तविक विकास सुन्य जस्तै हुने प्रष्ट भो। यस्तो सरकार चलिरहनु पर्छ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार