Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदीय समितिको सभापतिमा भागवण्डा, रास्वपा र राप्रपा रित्तै

सोमबार, साउन २२, २०८०

काठमाडौं । संघीय संसद्का संयुक्त र विषयगत समितिको सभापति चयनका विषयमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच सहमति जुटेको छ ।

कांग्रेसलाई ४, एमालेले ३, माओवादी केन्द्रले २, जसपा, एकिकृत समाजवादी र जनमत पार्टीले १-१ वटा समितिको सभापति पाउनेगरी भागवण्डा मिलेको जानकारी सोमबारको माओवादी संसदीय दलको बैठकमा प्रमुख सचेतक हितराज पाण्डेले गराएका थिए ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि दलहरूबीच भागवण्डा मिलिसकेको बताए । 'संसदीय समितिमा दलहरुबीच पावरसेरिङ मिलिसकेको छ । आज हाउस बस्यो भने समितिको सभापतिको विषय टुंगिन्छ । केही दिनमै सबै समितिले नेतृत्व छ,' उनले भने ।

संघीय संसद्मा प्रतिनिधिसभातर्फ १० वटा, राष्ट्रियसभातर्फ ४ र संयुक्त २ वटा संसदीय समितिहरु छन् । दलहरूबीचको यो सहमतिपछि संसद्को चौथो ठूलो दल  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समितिको नेतृत्व नपाउने भएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्