Nic Ad Nic Ad
Nic Ad Nic Ad

वाईसीएल नेता डम्मर पुलामीलाई माओवादीद्वारा निलम्बन, यस्तो छ उजुरी र कारबाहीपत्र (प्रमाणसहित)

मंगलबार, साउन २३, २०८०

इटहरीनेकपा माओवादी केन्द्रको युवा दस्ता योङ कम्युनिस्ट लिग (वाईसीएल)का कोसी प्रदेशका पूर्वसंयोजक डम्बर पुलामीलाई प्रदेश समितिले कारबाही गरेको पत्र प्राप्त भएको छ।

samridhi jewllers

झापाको विर्तामोडका गीतादेवी भट्टराई तिवारी र राजेन्द्र तिवारीको करोड बढीको जग्गा हडपेर पुलामी समूहले पैसा दिनुपर्नेमा धम्की दिएर त्रसित बनाउने गरेकोलगायत अन्य अभियोगमा परेको उजुरीका आधारमा माओवादी केन्द्र कोसी प्रदेशले २२ साउनमा कारबाही पत्र थमाउँदै स्पष्टीकरण माग गरेको छ।

आफूलाई परेको समस्याको कारण खुलेको विवरणसहित गुन्डागर्दीविरुद्ध पीडितले माओवादी प्रदेश कमिटी कार्यालय कोसीमा उजुरी गरेका थिए। जसको समाचार क्यानडानेपालले प्रकाशित गरेको थियो।

प्रदेश समिति अध्यक्ष हर्कबहादुर नेम्वाङ र सचिव गणेश उप्रेती सुशीलले हस्ताक्षर गरेको कारबाही पत्रमा भनिएको छ,‘०७९ फागुन ४ र ५ को प्रदेश समितिको बैठकले दर्ता भएको उजुरी छानबिनको प्रतिवेदनमा भोजपुर सदरमुकामस्थित सहकारी काण्ड, विर्तामोडकी गीता भट्टराई र सोनु तामासँगको जग्गा काण्ड र सुन्दर हरैंचास्थित रमेश विकालाई पास गराइदिने भनिएको जग्गाबारे, शिव सताक्षी ११ को नेपाल परिवारको जग्गा बैंक लिलाीमबाट आफ्नो नाममा पास सकार्नेलगायतमा कमजोरी देखियो।

पत्रमा अगाडि भनिएको छ,‘तपाईको नाम जोडिएर आर्थिक लेनदेन सम्बन्धी सामाजिक सञ्जालमा देखिने गालीगलौज, व्यवाहारिक संवादमा तपाईले अरुलाई प्रस्तुत गर्ने गालीगलौजको भ्वाइस रेकर्ड, जिल्ला समन्वय समिति झापाको कारबाही माग सिफारिस आदी प्रमाण हेर्दा तपाईलाई एकपछि अर्को कमजोरी क्रमशः बढाउँदै गएको प्रमाणित हुन्छ।

माओवादी प्रदेश समिति र वाईसीएल केन्द्रीय कार्यालयलाई उक्त कारबाहीपत्र बोधार्थ पठाएको विवरण पनि प्राप्त भएको छ।

हेर्नुहोस् उजुरी र कारबाहीपत्रको व्यहोरा

11691482181.jpg

21691482208.jpg363861715_1200120004714156_969909773169515809_n1691482295.jpg

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्