Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकपकै खराब ट्याकल : एक खेलाडीले अर्को खेलाडीलाई कुल्चिइन्

बुधबार, साउन २४, २०८०

एजेन्सी । इङल्यान्डकी स्टार खेलाडी लरेन जेम्सले विपक्षीमाथि स्टेपिङ गरेको घटनामा माफी मागेकी छिन् । अस्टे«लिया तथा न्युजिल्यान्डमा जारी महिला विश्वकपअन्तर्गत अस्ट्रेलियाका ब्रिस्नेनमा भएको नाइजेरियाविरुद्धको अन्तिम १६ को खेलमा उनले मेसिन एलोजीलाई ढाडमा कुल्चिएकी हुन् ।

८७ मिनेटमा गरेको यस्तो खतरनाक ट्याकलपछि जेम्सलाई रातो कार्ड देखाएर मैदानबाहिर पठाइएको थियो । उनले अब आगामी एक खेल पनि गुमाउनेछिन् । 

खेलमा पेनाल्टी सुटआउटमा इङल्यान्ड विजयी भएको थियो । त्यसपछि ट्वीटरमार्फत एलोजीले घटनालाई सामान्य रुपमा लिन अपिल गरेकी थिइन् । ‘हामी विश्वस्तरमा खेल्दैछौं । यो खेलमा लगाव, भावना सबै मिसिएको हुन्छ । जेम्सप्रति मेरो सम्मान छ,’ उनले लेखेकी थिइन्  । 

जवाफमा जेम्सले माफी मागेकी छिन्, ‘मेरो प्रेम र सम्मान तिमीप्रति छ । जे भयो, त्यसका लागि माफी चाहन्छु । त्यस्तै, म इङल्यान्डका फ्यान र सहकर्मीसँग पनि माफी चाहन्छु । तपाईहरुसँग खेल्नु मेरा लागि सम्मानको विषय हो र यो अनुभवबाट सिक्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ जेम्सले लेखेकी छिन् । 

रातो कार्ड पाकए जेम्सले अब क्वाटरफाइनलमा कोलम्बियाविरुद्ध हुने खेल खेल्न पाउने छैनन् । शनिबार अस्टे«लियाको सिड्नीमा यो खेल हुनेछ । 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्