बाइडेनलाई धम्की दिने व्यक्तिको गोली हानेर हत्या
एजेन्सी –अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अनलाईनमार्फत ज्यान मार्ने धम्की दिने व्यक्तिलाई बुधबार एफबीआईले गोली हानेर मारेको छ । उहाटमा राष्ट्रपति बाइडन भ्रमणमा जानुभन्दा केही घण्टाअघि मात्र एफबीआईका एजेन्टहरुले क्रेग रोबर्टनसविरुद्ध पक्राउ पुर्जी जारी गर्ने प्रयास गरेका थिए ।
रोबर्टसनले फेसबुकमा बाइडेन र अन्य अधिकारीविरुद्ध धम्कीपूर्ण पोस्ट गरको थिए । उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा चलाउने अधिकारीहरुलाई पनि धम्की दिएका थिए ।
यस घटनामा एफबीआईले थप प्रतिक्रिया दिन नचाहेको बीबीसीले जनाएको छ ।
साल्ट लेक सिटीबाट झन्डै ६५ किलोमिटर पर रहेको प्रोभोमा स्थानीय समयअनुसार बिहान ६ बजेर १५ मिनेट जाँदा सुरक्षाकमीले यी व्यक्तिमाथि हमला गरेका थिए । यसअघि प्रहरीमा उनीविरुद्ध बाइडेन र एल्भि ब्रागलाई ज्यान मार्ने धम्की दिएको उजूरी परेको थियो । यी व्यक्तिले अनलाईनमा केही बन्दूकहरुको फोटो पोस्ट गर्दै राष्ट्रपति र ब्रागलाई मारिदिने धम्की दिएका थिए ।
ब्राग म्यानहट्टन डिस्ट्रिकका न्यायाधिवक्ता हुन्, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक एडल्ट फिल्मस्टारलाई दिएको घुसबारे उनले मुद्दा चलाएका छन् ।