ह्यारी केन जर्मनीमा, बार्यन म्युनिखसँग सम्झौता हुँदै
एजेन्सी - इङल्यान्डका कप्तान ह्यारी केन मेडिकल चेकजाँचका लागि जर्मनी पुगेका छन् । जर्मन क्लब बार्यन म्युनिख र इंलिस क्लब टोट्टेनह्याम हट्सपर्सबीच १ सय मिलियन युरोभन्दा धेरै रकममा केनलाई स्थानान्तरण गर्ने सहमति भइसकेको छ ।
मेडिकल चेकजाँचको नतिजापछि यो सहमतिले सम्झौताको रुप लिनेछ । केन टोट्टेनह्यामका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । उनले ४ सय ३५ खेलमा २ सय ८० गोल गरेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८० ११:५६
प्रतिक्रिया दिनुहोस्