Nic Ad Nic Ad
Nic Ad Nic Ad

अभिनेत्री गुरुङको कविता सङ्ग्रह सार्वजनिक

शनिबार, साउन २७, २०८०

काठमाडौँ-अभिनेत्री कविता गुरुङले कविता सङ्ग्रह ‘मेरो कविताको शीर्षक छ’ बजारमा ल्याएकी छिन्। चलचित्र ‘बबी’ मा अभिनय गरेकी गुरुङले जीवनका भोगाइ र अनुभव कवितामार्फत् उतारेको बताइन् । 

उनले भनिन्, “म कवि, साहित्यकार होइन । आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मन लागेकाले तयार गरेकी हुँ । यसमा यथार्थ छ ।” दस कविता सङ्ग्रहित पहिलो पुस्तक सार्वजनिक गरेको बताउँदै गुरुङले अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिने जानकारी दिइन् । उनले गत वर्ष ‘म अनि मेरो’ नामक आत्मकथा ल्याएकी थिइन् । 

आत्मकथामा उनले ‘कलेज लाइफ’, प्रेम, अन्तरजातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई चित्रण गरेकी थिइन् । उनले कविता सङ्ग्रहमा पनि जीवनका त्यही कालखण्डका भोगाइ प्रस्तुत गरेकी छिन् । 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्