Nic Ad Nic Ad
Nic Ad Nic Ad

न्याय तथा अधिकार वकालत मञ्चको अध्यक्षमा कडरिया निर्वाचित

शनिबार, साउन २७, २०८०

काठमाडौँ– पीडितका तर्फबाट न्याय तथा अधिकारका विषय वकालत गर्दै आएको न्याय तथा अधिकार वकालत मञ्चको अध्यक्षमा भिष्मराज कडरिया निर्वाचित भएका छन् ।

मञ्चको २१ औँ साधारणसभाले कडरियाको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

निर्वाचन समितिको संयोजक अधिवक्ता हरिबहादुर कार्कीका अनुसार मञ्चको उपाध्यक्षमा मोती श्रेष्ठ, महासचिव कृष्ण शर्मा, सचिव लोकेन्द्र ओली, कोषाध्यक्ष श्रीहरि भण्डारी निर्वाचित भएका छन् । त्यसैगरी, सदस्यहरुमा सोनी रघुवंशी श्रेष्ठ हरिमाया भट्टराई निर्वाचित भएको संयोजक कार्कीले जानकारी दिए ।

मञ्चलाई पीडितहरूका तर्फबाट न्याय प्राप्ति हुने गरी सशक्त रुपमा अघि बढाउने नवनिर्वाचित अध्यक्ष कडरियाले प्रतिवद्धता व्यक्त गरेका छन् ।

निर्वाचित सबै नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू अधिवक्ता हुन् । 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्