Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरण : उच्चस्तरीय छानविन समितिको मागबाट एमाले पछि नहट्ने

आइतबार, साउन २८, २०८०

काठमाडौँ - नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरिय छानबिन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा विशेष पत्रकार सम्मेलन गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले करिब क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले नै तस्करहरुलाई संरक्षण गरेको आरोप लगाए । उनले उच्चस्तरीय छानबिन आयोग गठनको मागबाट एमाले पछि नहट्ने स‌ंकेत गरे । 

एमालेले अघि सारेको माग पुरा नभएसम्म दबाबका कार्यक्रम जारी नै राख्ने  निर्णय कायम रहेको उनले बताए । ‘सरकार समितिको नाम लिन नै नचाहेर अनावश्यक अडान लिइरहेको छ । माग पुरा नभएसम्म दवावका कार्यक्रम चलाउने कुरा यथावत छ’, प्रेस विज्ञप्ति वाचन गर्दै उनले भने, ‘गृह र अर्थ मन्त्रालय समेत जोडिएको यो विषय र नौ किलो अर्को सुन तस्करी प्रकरणमा सत्तारुढ पार्टीका नेता र परिवारसँग सामान्य सोधपुछ पनि नगर्नुले पनि यो बिषयमा सरकार जोडिएको आशंकालाई बल पुगेको छ । सत्यतथ्यको गहिराइमा आवस्यक नीतिगत कानुनी स्वतन्त्र, निश्पक्ष र न्यायीक छानबिन समिति गठन हुनुपर्छ ।'

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्