Nic Ad Nic Ad
Nic Ad Nic Ad
कांग्रेस सांसदीय दलको बैठक

सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन समिति बनाउनुपर्नेमा अधिकांश कांग्रेस सांसदको जोड

आइतबार, साउन २८, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका अधिकांश सांसदहरुले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन समिति बनाउनुपर्नेमा जोड दिएका छन् ।  

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस सांसदीय दलको बैठकमा धारणा राख्ने अधिकांश सांसदहरुले क्वीन्टल सुन तस्करी प्रकरण सामान्य नभएको भन्दै निष्पक्ष छानविन समिति बनाउनुपर्नेमा जोड दिएका हुन् । 

बैठकमा कांग्रेस सांसदहरु शेखर कोइराला, प्रदीप पौडेल लगाएतका नेताहरु निष्पक्ष छानविन समितिमा जोड दिएका थिए । आइतबारसम्म दलको बैठकमा ५० जना सांसदहरुले धारणा राखेका थिए । सोमबार ११ बजे पुन दलको बैठक बस्ने र आवश्यक निर्णय गरिने कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । बैठकमा सरकार परिवर्तनका बिषयमा कुनै छलफल नभएको बताए । बैठकमा धेरै बिषयमा धारणा आएको भन्दै सवै बिषयलाई समेटेर सोमबार उचित निर्णय लिइने लेखकले जानकारी दिए ।

त्यस्तै, बैठकपछि कांग्रेस सांसद एवं अर्थमन्त्री डा प्रकाशशरण महतले सुन प्रकरणको छानविनका बिषयमा धारणा राखेको जानकारी दिए । उनले सत्तामा नरहेका कारण एमालेले लगातार सदन अवरुद्ध गरेको जिकिर गरे । उनले सदनबाटै सवै बिषयको हल हुनसक्ने भएकाले सदन सूचारु गर्न गम्भीर हुनुपर्ने उल्लेख गरे ।

त्यस्तै, कांग्रेस सांसद प्रदीप पौडेलले सुन तस्करीका बिषयमा कुनै संयन्त्र बनाउनुपर्छ भन्नेमा अधिकांशको जोड रहेको बताए । अध्यागमन र सुरक्षा निकाय नमिलेसम्म क्वीन्टल सुन भन्सारबाट बाहिरिन नसक्ने अवस्थामा छानविनमा पनि उत्साह नदेखाएकाले राजनीतिक नेतृत्वप्रति पनि आशंका गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

त्यस्तै, सांसद सुनिल शर्माले राज्यले उत्तर कोरियाको शैलीमा आफुलाई पक्राउ गर्ने काम गरेको बताउनुभयो । उहाले सोमबार सदनमा बोल्न नपाए विद्रोह गर्ने जिकिर गरे ।

शर्माले वर्तमान सरकारलाई छिटो विदा गर्नुपर्ने धारणा राखेको बताए । उनले भन्सारको जिम्मा लिएको अर्थ र गृहलाई सुन तस्करीका बारेमा थाहा नपाउने कुरालाई जनताले नपत्याउने उल्लेख गरे ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्