Nic Ad Nic Ad
Nic Ad Nic Ad

बहुप्रतिक्षित सिंगल फाइटमा नयाँ ट्‍वीस्ट, मस्कले भिड्न नचाहेको जुकरवर्गको आरोप

सोमबार, साउन २९, २०८०

एजेन्सी - फेसबुकका संस्थापक मार्क जुकेरवर्गले आफुसँग रिङमा भिड्ने मामिलामा  इलोन मस्क गम्भीर नदेखिएको बताएका छन् । जुकेरवर्गका अनुसार उनले सिंगल  भिड्नका लागि मिति तय गर्न मस्कसँग प्रस्ताव गरेका थिए । तर, मस्कले माफी मागे । 

यसअघि गत आइतबार म्यासेजिङ साइट ‘एक्स (पहिलेको ट्वीटर) मा मस्कले सोमबार जुकेरवर्गसँग भिड्ने इच्छा जताएका थिए । 

यी दुई खर्बपतिबीच गत जुनमा सिंगल–सिंगल भिड्ने सहमति भएको थियो । जसले धेरै सञ्चारमाध्यमको ध्यान आकर्षित गरेको थियो । 

तर, महिनौंसम्म एक अर्कालाई जिस्क्याए पनि उनीहरुले भिड्ने समय तय गर्न सकेका छैनन् । जसकारण, यो भिडन्त एक्स र थ्रेडस् पोस्टमै सिमित भने अनुमान लगाइएको छ । 

गत जुनमा थ्रेडस् लन्च भएपछि यी दुई व्यवसायी एकअर्काको खरो विरोधमा उत्रिएका थिए । फेसबुक सञ्चालन गर्ने कम्पनी मेटाले थ्रेडस् लन्च गरेको हो । यो एप सुरु भएको पहिलो साता झन्डै १ सय मिलियन प्रयोगकर्ताहरु जोडिएका थिए । त्यसपछि यसले एक्सलाई माथ खुवाउने अनुमान लगाइएको थियो । तर, एक्सका ३ सय ५० मिलियन प्रयोगकर्ता कायम छन् । तर, थ्रेडस्ले त्यसपछिका सातामा सोचेजसरी प्रयोगकर्ता बढाउन सकेन । 

गत शुक्रबार यी दुई व्यवसायीबीचको विवादमा ट्वीस्ट आयो, जतिबेला इटलीका संस्कृति मन्त्रीले दुई व्यवसायीबीचको रिङ भिडन्तलाई च्यारिटीका रुपमा आफ्नो देशमा सञ्चालन गर्ने विषयमा मस्कसँग कुराकानी भइसकेको बताए । मस्कले नारा ‘प्राचिन रोमा थिम’ मा आधारित रहेर भिडन्त हुनसक्ने संकेत गरेका थिए । 

तर आइतबार फेरि थ्रेडस्मा जुकरवर्गले पोस्ट गरे, ‘मस्कले मिति तय गर्दैनन् । शल्यक्रिया आवश्यक छ भनिरहेका छन् । र, मेरो बगैंचामा अभ्यास गर्ने अनुमति मागिरहेका छन् ।’

उनले लेखेका छन्, ‘यदी मस्क वास्तविक मिति र आधिकारीक भिडन्तका लागि गम्भीर छन् भने उनले कसरी मसँग पुग्नुपर्छ भन्ने बुझेको हुनुपर्छ । नत्र, यो कुरा छाडिदिऊँ । म ती व्यक्तिसँग भिड्न चाहन्छु, जसले खेलकुदलाई गम्भीर रुपले लिन्छन् ।’ 
यस पोस्टको प्रतिक्रियामा मस्कले जकरवर्गलाई ‘कुखुरा’ को संज्ञा दिएका छन् । 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्