एशिया कपका लागि नेपाली टिमको घोषणा
काठमाडौं - एशिया कप क्रिकेटका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय नेपाली टिम घोषणा भएको छ । प्रतियोगिताको आयोजना पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा गर्दैछन् ।
अगस्ट ३१ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपाल, भारत र पाकिस्तान रहेको समूह एमा छ । नेपालले पहिलो खेल पाकिस्तानसँग अगष्ट ३१ मा मुल्तानमा खेल्नेछ ।
एसिया कपअघि नेपाली टिमले पाकिस्तानमा एक साता तयारी गर्ने क्यानले जनाएको छ । जसमा नेपालले प्रशिक्षण गर्ने र केही अभ्यास खेल समेत खेल्ने तयारी छ ।
नेपाली टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद, श्याम ढकाल ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १६:२७
प्रतिक्रिया दिनुहोस्