Nic Ad Nic Ad
Nic Ad Nic Ad

आरतीलाई न्याय माग्दा प्रहरी ज्यादती, महिलालाई नियन्त्रण गर्न पुरुष प्रहरी किन ? [भिडियोसहित]

सोमबार, साउन २९, २०८०

काठमाडौँ– घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहलाई न्याय माग्दै सिंहदरबारमा गेट अगाडी प्रदर्शन गरेका केहि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लियो ।

सोमबार दिउँसो नेपाल प्रहरीले प्रर्दशनकारीलाई प्रचलित कानूनविपरित महिलाको इज्जत प्रतिष्ठामाथि आँच पुर्याएर ज्यादतिपूर्ण ढंगले धरपकड गरेर नियन्त्रणमा लियाे । धरपकडमा ती महिलाको शारीरिक संवेदनशिलताकाे ख्यालै नगरी पुरुष प्रहरीले भ्यानमा राखे ।

aarati shaha cnnepal1692017221.JPG

नेपालको कानुनले गम्भिर अपराधमा समेत पक्राउ महिला प्रहरीले पक्राउ गर्नुपर्ने व्यवस्था रहेको छ । तर, पक्राउ गर्नु पर्ने अवस्थामा तत्काल महिला प्रहरी उपलब्ध नभए महिलाको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारीरिक संवेदनशिलताको सम्मान गर्दै पुरुष प्रहरी कर्मचारीले पक्राउ गर्न वाधा नपर्ने व्यवस्था समेत रहको छ । 

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (११) मा भनिएको छ, ‘ यस दफा बमोजिम कुनै महिलालाई पक्राउ गर्नु परेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रन लगाउनु पर्नेछ । तर पक्राउ गर्नु पर्ने अवस्थामा तत्काल महिला प्रहरी उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारीरिक संवेदनशिलताको सम्मान गर्दै पुरुष प्रहरी कर्मचारीले पक्राउ गर्न वाधा पर्ने छैन ।’

arati shaha41692017221.JPG

सोमबारको प्रहरी धरपकडमा महिला प्रहरी उपस्थित रहेकै अवस्थामा प्रर्दशनकारी महिलालाई पुरुष प्रहरीले पक्राउ गर्दा नत इज्जत वा प्रतिष्ठामा ख्याल गरियो न त महिलाको शारीरिक संवेदनशिलताको सम्मान नै गरे । धरपकडमा ती महिलाको शारीरिक संवेदनशिलताकाे ख्यालै नगरी पुरुष प्रहरीले भ्यानमा राखेको दृष्य प्रष्टै देख्न सकिन्छ । 

aarati shaha case 11692019247.JPG

आरती साहलाई गत जेठ ७ गते बेलुका घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । दाइजोको नाममा आरतीको हत्या भएको माइती पक्षको दाबी छ । आरतीको हत्यालाई आत्महत्याको नाम दिएर अपराधि उम्काउन खोजिएको र प्रहरीले न्याय माग्दा सहयोग नगरेको पीडित परिवारको भनाइ छ ।

aarati shaha cnnepal31692017221.JPGआरतीलाई न्याय दिनु पर्ने भन्दै सिंहदरबार दक्षिण गेट अगाडि नारावाजी गर्दै प्रदर्शन गर्न खोज्दा प्रहरीले केहिलाई नियन्त्रणमा लिएको हो । आरती साहलाई न्याय दे भन्दै उनका आफन्तजन र युवाहरु दक्षिण गेट अगाडि नै धर्नामा बस्न खोजेका थिए । सो क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

भिडियो

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्