Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्पेन महिला विश्वकपको फाइनलमा 

मंगलबार, साउन ३०, २०८०

एजेन्सी - स्विडेनलाई २–१ ले हराउँदै स्पेनले अस्ट्रेलिया तथा न्युजिल्यान्डमा जारी महिला विश्वकपको फाइनलमा स्थान बनाएको छ । पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा राखर स्पेनले विपक्षीको पोस्टमा आक्रमण गरेको थियो । 
दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेकी साल्भा पाराल्लूयलोले ८३ औं मिनेटमा  गोल गर्दै स्पेनलाई अग्रता दिलाइन् । तर, स्विडेनले हार मानेन । रेविका बोम्ल्कभिस्टले ८७ औं मिनेटमा स्विडेनलाई बराबरीमा फर्काइन् । 

त्यसको दुई मिनेटमै ओल्गा कारमानोले स्पेनबाट अर्को गोल गरिन् ।  पहिलोपटक विश्वकपको फाइनलमा स्थान बनाएको स्पेन अब आयोजक अस्ट्रेलिया र इङल्यान्डमध्ये एकसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल अस्ट्रेलियाको सिड्नीमा आगामी आइतबार हुनेछ । 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्