Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्रचण्डकाे रक्षात्मक ब्रिफिङ

घेराबन्दीमा परेपछि सीमित पत्रकार डाकेर प्रधानमन्त्रीले गरे यस्तो ब्रिफिङ

मंगलबार, साउन ३०, २०८०

काठमाडौंसुन तस्करी प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरासहित उनका छोरा, ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री र अन्य प्रकरणमा सत्ता गठबन्धनका नेता जोडिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रक्षात्मक ब्रिफिङ गरेका छन्।

मंगलबार सरकारी निवास बालुवाटारमा सीमित पत्रकार बोलाएर उनले सुनकाण्डमा केही दिनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरा बाउछोरालाई बोलाउने प्रतिक्रिया दिए।

उनले ललिता निवास प्रकरणका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि छानबिन गर्नका लागि अदालतले दिएको आदेशमा भने आपत्ति जनाए। उनले भने,‘पूर्वउपप्रधानमन्त्रीसहित माथि अनुसन्धान भइरहेका बेला बीचमा अदालत छिरेर कुरो विगार्ने कोशिश भयो, पूर्वप्रधानमन्त्रीलाई बोलाउने वातावरण बनाइयो।

भुटानी शरणार्थी प्रकरणको छानबिन जारी रहने बताएका उनले गिरीबन्धु टि स्टेटको जग्गाका विषयमा पनि फाइल खुलाइने बताएका छन्। तर, काम गर्न गाह्रो भइरहेको पनि सुनाए।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्