Nic Ad Nic Ad
Nic Ad Nic Ad
मन्त्रिपरिषद्काे निर्णय

सरकारद्वारा भू–उपयोग नियमावली पारित, रोकिएको कित्ताकाट खुल्यो

मंगलबार, साउन ३०, २०८०

काठमाडौँ– सरकारले रोकिएको कित्ताकाट खुला गर्ने गरि भू–उपयोग नियमावली पारित गरेको छ । 

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रोकिएको कित्ताकाट, नामसारी लगायत सवै काम फुकाउने गरि भू–उपयोग नियमावली पारित गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

नियमावली पारितभएसंगै कित्ताकाटमा देखिएका अप्ठेरा र झमेलाबाट मुक्त भई सहज रुपमा काम अघि बढ्ने उनले बताए ।

त्यस्तै, बैठकले गोरखामा एक व्यक्तिको घरमा फेला परेकोे टल्किने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने निर्णय गरेको छ भने अहिलेसम्म उक्त ढुङ्गालाई संरक्षण गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने निर्णय गरेको मन्त्री ज्वालाले बताए ।

बैठकले नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई स्वागत गर्दै निवर्तमान मन्त्री अमललाल मोदीलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको मन्त्री ज्वालाले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्